रैथानेबालीको संरक्षणमा स्वामीकार्तिक खापर गाउँपालिकाको जोड

७ भदौ २०८२ (२ महिना अघि)

बाजुरा । भौगोलिक हिसाबले विकट, उत्पादनका हिसाबले प्रचुर सम्भावना बोकेको स्वामीकार्तिक खापर गाउँपालिका स्थानीय रैथानेबाली, कागुनो, झुमरो, चिनोको संरक्षणमा जुटेको छ ।

पछिल्लो समय कागुनो, चिनो र झुमरो खेती लोप हुँदै गईरहेको भन्दै यसलाई बढावा दिनको लागि पालिकाले अभियान नै थालनी गरेको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् । यी बालीहरु मानव स्वास्थको लागी निकै उपयोगी हुने पनि उनको भनाई छ । गाउँपालिकाले पछिल्लो समय हरेक कृषकहरुलाई उल्लेखित बालीहरुका बिउविजन वितरण गर्ने गरेको जनाएको छ ।

कृषकहरुले पनि रैथानेबालीलाई जोड दिने हो भने स्थानीयको आम्दानी र रैथानेबालीहरुको संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने गाउँपालिकाको कृषि शाखा सहायक प्रमुख रत्न रावलले बताए । गाउँपालिकाले यहाँका कृषकलाई यस्ता बालीनालीहरुको संरक्षण गर्न हौसला दिदै आएको उनले बताए ।

प्रविधिको विकास र युग परिवर्तनसँगै पछिल्लो समय रैथानेबालीनालीहरु हराउँदै गएको प्रती चिन्ता लागेको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीय नरबहादुर लुहारले बताए ।

अहिले गाउँघरमै चार पाङ्ग्रे गाडी पुगेपछि दलेको फलेको दाल, चामल बाहिरबाट आउँन थालेपछि रैथानेबाली लोप हुँदै गएको लुहारले बताए ।

पहिले खासै खेती नगर्ने यहाँका स्थानीयले अहिले पालिकाले यसको महत्त्व तथा बिक्रीका बजारीकरणको व्यवस्था सँगै ढुवानी अनुदान समेत दिन थालेपछि स्थानीयको यसमा चासो बढ्दै गएको हो । स्थानीयले यतिवेला बाझो जग्गामा कागुनो, झुमरो र चिनो खेती गर्ने गरेका छन् । स्वामीकार्तिकमा कागुनो, झुमरो र चिनो लगायतको रैथाने बाली १.२ मेट्रिक टन बढि उत्पादन हुने गरेको कृषि शाखाको तथ्यांकमा उल्लेख छ ।

English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस