हाम्रो बारेमा

सेता हिमालहरू आज काला पत्थरमा रूपान्तरण भइरहेका छन् । कार्बन उत्सर्जनमा नगन्य योगदान दिएको राष्ट्र नै जलवायु परिवर्तनको सबैभन्दा गहिरो मारमा परिरहेको अवस्था पीडादायक मात्र होइन, अन्यायपूर्ण पनि हो । तथापि, गहन रिपोर्टिङ, वैज्ञानिक दृश्टिकोणको सशक्त प्रसार र जनभावना लक्षित सामग्रीमार्फत जलवायु संकटको असर कम गर्दै दिगो विकासको बाटो अवलम्बन गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।

सही समयमा सही सूचना, नवीनतम समाधानको उपाय र परिवर्तन निम्त्याउने आवाजहरूलाई बुलन्द बनाउने प्रयास नै जलवायु डट कमको प्रतिबद्धता हो ।

सूचना प्रविधिले ल्याएको तीव्र परिवर्तनसँगै सूचना ग्रहण गर्ने तौरतरिका र अपेक्षामा आएको रूपान्तरणलाई हामीले नजिकबाट अनुभूति गरेका छौं । यही बुझाइका साथ, हामीले पत्रकारिताका मूल्यमान्यता आत्मसात गर्दै, नवीनतम प्रविधिको उच्चतम प्रयोगमार्फत जलवायु डट कमलाई केवल एउटा न्यूज पोर्टलमा मात्र सिमित नगरेर मल्टिमिडिया सामग्री फेसबुक र युट्युब च्यानलमार्फत पनि पस्कने जमर्को गरेका छौं ।

यहाँहरू नै हाम्रा लागि सर्वेसर्वा – यहाँहरूको हौसला, सुझाव र सकारात्मक आलोचना सदैव स्विकार्य छ ।

English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस