काठमाडौं । सुक्खा पहिरोको कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ ।
आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेको कारण मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको हो ।
पहिरोमा परेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाले जानकारी दिए ।
उनको अनुसार मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६–००३ प ३८१६ नं. को स्कुटरमा माथिबाट खसेको ढुङ्गाले लाग्दा कुटरमा सवार चितवन रत्ननगर न.पा.३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् ।
अहिले जेसिभीको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
सातदोबाटो, ललितपुर, बागमती प्रदेश