मुस्ताङको प्राकृतिक बास्थानमा भेटियो बैंस हिउँ चितुवा

नेपालमा हिउँ चितुवाको संख्या पाँच सयको हाराहारीमा रहेको अनुमान गरिन्छ ।

|तस्विर : कर्मा छिरिङ गुरुङ्ग, मनाङ

२५ साउन २०८२ (१४ घण्टा अघि)

मनाङ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा नेपालका हिमाली भेगमा पाइने गरेको छ । स्वच्छ हिमाली पर्यावरणको सूचक मानिने

हिउँ चितुवा हालै मुस्ताङ्गको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको प्राकृतिक बास्थानमा देखिएको छ ।

यही साउन ४ गते उक्त प्राकृति वासस्थानमा मनाङका कर्मा छिरिङ गुरुङ्गले आफ्नो मोबाइलबाट एक बैंस हिउँ चितुवाको तस्विर कैद गरेका थिए ।

मानिसको नजरमा बिरलै देखिने भनिएको हिउँ चितुवा हिजोआज सर्वसाधरणले पनि सजिलै देख्न थालेका छन् । नेपालमा यसको संख्या पाँच सयको हाराहारीमा रहेको अनुमान गरिन्छ । 

जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएकाले लोप हुने चिन्ता बढेको छ ।

बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्ने गरेको छ ।

 

अन्तिम अध्यावधिक: २५ साउन २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस