गोहीको आक्रमणबाट बेपत्ता युवा फेला परेनन्

२३ साउन २०८२ (२० घण्टा अघि)

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ हात्तीसार मा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवा चार दिन वित्दा समेत फेला परेका छैनन् ।

खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा गत मंगलबार मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षिय रुपमिलन थारू बेपत्ता भएका थिए । 

बेपत्ता भए लगत्तै बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरीको टोली हात्ती र मोटरबोटसहित बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ हात्तीसार नजिकको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा एक युवा बेपत्ता भएका थिएन ।

मंगलबार साँझ तीन जना साथीहरू पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षिय रुपमिलन थारू बेपत्ता भएका हुन् । 

मंगलबार साँझदेखि नै हात्ती, मोटरबोट सहितको निकुञ्ज, नेपाली सेना र प्रहरी सहितको टोलीले खोजविन गरेपनि हालसम्म उनी फेला परेका छैनन् ।

बेपत्ता भएदेखि लगातार खोजविन गरेपनि बेपत्ता भएका थारूलाई फेला पार्न नसकिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले जानकारी दिए । 

 

English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस