गएराति मधेश प्रदेशसहित विभिन्न ठाउँमा ठूलो वर्षा, दिउँसो पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

२३ साउन २०८२ (२ दिन अघि)

काठमाडौँ । गएराति देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । मधेश प्रदेशसहित तराई र पहाडका विभिन्न ठाउँमा पानी परेको हो ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोक, उदयपुर, गोरखा र बर्दियामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो बेलुकी झापामा पनि ठूलो पानी परेको छ । बर्दियाको मनपुर, दाङको गङगढी, कास्कीको घलेखर्क र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलाे वर्षा मापन भएकोले यी क्षेत्र भई बहने ससाना खोलाहरुमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै सिन्धुपाल्चोकको ढुङ्गे, नुरपुगाउँ, बोल्डे, भोताङ, मानेखर्क, नुवाकोटको त्रिशुली बेत्रावती र आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएकाले यी क्षेत्र भई बहने ताडी खोला लगायत अरु स-साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

आज दिउँसो पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस