वायू प्रदूषणले आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत प्रभाव पारिरहेको छ : मन्त्री दाहाल

१८ साउन २०८२ (११ घण्टा अघि)

काठमाडौं भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बढ्दो सवारी साधन, अव्यवस्थित सहरीकरण अपर्याप्त पूर्वाधारका कारण वायु प्रदूषण बढेको बताएका छन्

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वायु प्रदूषणको न्यूनीकरणको विषयमा निर्णायक कदम नचाल्ने हो भने उपत्यकाको बस्न योग्य दिगोपनलाई खतरामा पार्न सक्ने धारणा राखे

उनले भने,‘सन् २०१२ मा बनेको सन् २०१७ मा अध्यावधि गरेको पछिल्लो मास्टर प्लान यता यातायातको अवस्था निकै विग्रिएको बढ्दो सवारी साधन अव्यवस्थित सहरीकरण अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाई वायू प्रदूषण बढेको यस कारणले दैनिक यातायातलाई मात्र नभई आर्थिक उत्पादकत्व जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको यो ढिलो नै भइसकेको   तर हामीले काम गर्नुछ अहिलेपनि निर्णायक कदम नचाल्ने हो भने अवस्था अझै विग्रने जसले उपत्यका बस्न योग्य दिगोपनलाई खतरामा पार्नेछ

English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस