युएनडिपीद्वारा सगरमाथा आरोही शाकिल र श्रेष्ठ सम्मानित

१६ जेठ २०८२ (३ दिन अघि)

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालले जलवायु अभियन्ता र सगरमाथा आरोहीद्वय बंगलादेशी नागरिक इक्रामुल हसन शाकिल र नेपाली नागरिक पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ । बुधवार ललितपुरमा एक कार्यक्रका बीच युएनडिपी नेपालले आरोहीद्वय शाकिल र श्रेष्ठलाई सम्मान गरेको हो ।

शाकिलले पहिलो पटक सगरमाथा आरोहण गरेका हुन् भने पूर्णिमाले भने एकै सिजनमा तीन पटक सगरमाथा चढ्दै इतिहास रचिसकेकी छन् । उनि एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला बनेकी छन्  । प्लास्टिक प्रदुषण विरुद्ध जागरुकता भन्ने नाराका साथ सगरमाथा चढेका दुवैले हिमालका समस्याहरुलाई सरकारले विकासका एजेण्डासँग जोड्न आवश्यक रहेको बताए  ।

सम्मान कार्यक्रममा बोल्दै उनिहरुले आफूले हिमाल आरोहणको क्रममा देखेका जलवायु परिवर्तनका असरहरू, वातावरणीय जोखिम र स्थानीय समुदायहरूको कठिन जीवनस्थिति कठिन बन्दै गएको बताएका छन्  । सम्मान कार्यक्रममा युएनडिपी नेपालका नीति सल्लाहकार विजय सिंहले हिमाल संरक्षणका लागि उहाँहरुले देखाएको जागरुकताको सदुपयोग देशले गर्न सक्नुपर्ने  बताए । उनले हिमालका समस्याहरुलाई सरकारको विकासको एजेण्डासँग जोड्न आवश्यक रहेको  बताए ।

उनले भने, ‘युएनडिपीको हिमालको संरक्षण गर्नको लागि उहाँहरुको जुन जागरुकता छ त्यसको सदुपयोग गर्न खोजेको हो । उनले आफूले भोगेको समस्या र हिमालमा देखेको दुर्गतिको विषयलाई सरकारको विकासको एजेण्डासँग कसरी लिंक गर्न सकिन्छ । त्यो आवश्यक पनि छ ।’ उनले मानव जीवनको लागि हिमालको आवश्यकता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैको सहकार्य र समन्वय आवश्यक रहेको  बताए।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस