काठमाडौँ । भारतका वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिमालय क्षेत्र जलवायु परिवर्तनको उच्च चपेटामा परेको बताए ।
नेपालले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले यो संवाद मात्र नभएर ज्ञान र अनुभवको आदन प्रदान गर्ने प्रभावकारी प्लेटफर्म रहेको पनि बताए ।
भारतले २०२४ मा ‘एक विरुवा आमाको नाममा’ कार्यक्रमको सुरुवात गरेर वातावरण संरक्षणमा भूमिका खेलेको स्मरण गराए ।
हिउँ चितुवाको संरणक्षका लागि भारतले विश्व जगतमा आवाज बुलन्द गरेको पनि उनले जानकारी गराए ।
भारतले नेपालसहित विश्वका सबै राष्ट्रसँग जलवायु परिवर्तनका मामिलामा हातेमालो गर्न तयार रहेको बताए ।