वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

१ जेठ २०८२ (१५ घण्टा अघि)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि निरन्तरको काम र अध्ययन गर्नुपर्ने बताएका छन् ।

सगरमाथा संवादको पूर्वसन्ध्यामा डा. गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्लाइमेट क्यालामेटी : जष्टिस फर लस एण्ड ड्यामेज’ पुस्तकको लोकार्पण गर्दै उनले वातावरणीय समस्याको अन्त्यको लागि शिवाकोटीद्वारा लिखित यो पुस्तक उपयोगी हुने बताएका हुन् ।

उनले भने, ‘हाम्रो गोष्ठि त ४ गते सकिन्छ । तर वातावरणीय समस्या र गर्नुपर्ने काम  सकिदैन । त्यसको लागि निरन्तरको काम र अध्ययन गर्नुपर्छ । त्यसका लागि पुस्तक उपयोगी हुने विश्वास छ ।’

प्रधानमन्त्री ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा पजि जोड दिए ।

धर्ती तातो र वातावरण प्रदूषित हुँदै गएर मानवीय जीवन र सुन्दर विश्वको भविष्य खतारमा पर्दै जान थालेको छ । यस्तो समयमा सुरक्षित माननीय जीवन र सुन्दर भविष्यको रक्षाका लागि काम गर्नुपर्छ, ओलीले थप भने, ‘हाम्रा भविष्यका सन्तती सुरक्षित र सम्मानति हुनुपर्छ । उनीहरुको चेहरामा हाँसो हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनका सारलाई आफूले सम्बोधनमा समावेश गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य ढुङ्गेल र जलवायु विज्ञ मञ्जिल ढकालले पुस्तकको सान्दर्भिकताबारे समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए । सरकारले यही जेठ २ गतेदेखि पहिलो पटक नेपालमा सगरमाथा संवादको आयोजना गरेको छ ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस