काठमाडौँ । नेपाल कम्पोस्ट कन्सोर्टियमको आयोजनामा ‘नेपाल कम्पोस्ट सचेतना सप्ताह २०८२’ मनाइने भएको छ । कम्पोस्टिङसंग सम्बन्धित जनचेतना अभिवृद्धि, व्यवहार परिवर्तन र स्थानीय समाधान प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त कार्यक्रम काठमाडौँमा आयोजना हुने भएको हो ।
वैशाख २१ देखि २७ गतेसम्म काठमाडौँसहित देशैभरका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरुमा संलग्नतासहित मनाइने कन्सोर्टियमका संयोजक गणेश साहले जानकारी दिए । सप्ताहभर विभिन्न् विद्यालय, विश्वविद्यालय, स्थानीय तह, सामुदायिक संस्था तथा वातावरणमैत्री व्यवसायहरुसँग सहकार्य गर्दै विभिन्न् कार्यक्रम आयोजना गरिने पनि साहले जानकारी दिए ।
वैशाख २१ गते विहान ७ देखि ९ बजेसम्म भृकुटीमण्डप देखि बसन्तपुरसम्म कम्पोस्टिङ तथा फोहर व्यवस्थापनमा संलग्न विभिन्न सरोकारवाला संघसंस्थाहरुको साझा पहलमा कम्पोस्ट सचेतना र्याली गर्दै सुरुवात हुने छ ।
सातदोबाटो, ललितपुर, बागमती प्रदेश