पाल्पा । पाल्पाको नेपाने सामुदायिक वन समन्वय समितिको आयोजनामा स्थानीय उत्पादनको संरक्षण तथा तथा प्रवद्र्घनको उद्देश्यसहित लेख महोत्सवको आयोजना हुने भएको छ । महोत्सवको सहयोगी संस्था यूएनडीपी नेपाल, स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र पाल्पाको समन्वय, पाल्पाली संगमको प्रवद्र्घनमा यस महोत्सवको आयोजना गरिएको हो ।
पश्चिम पाल्पाको रैनादेवी छहरा, जुठापौवा, नेपानेमा वातावरण संरक्षण, जलवायु परिवर्तनका असर र नीति सम्बन्धित सवालमा सचेतना, पर्यापर्यटनका विषयमा सम्बिधत रहेर महोत्सव आयोजना गर्न लागिएको स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र पाल्पाकी अध्यक्ष डबकला राउतले जानकारी दिइन् ।
पश्चिम पाल्पामा बोलीचालीको भाषामा गाउवस्ती भन्दा माथीको डाँडा, वनजंगल र साना डाँडा क्षेत्रलाई लेख भनिन्छ । लेख गाँउघरमा दैनिक जीवनसँग जोडिएको हुन्छ । पानीका मुहान देखि घाँस दाउरा, चरिचरन लेखमै उपलब्ध हुन्छन् । लेखले जडिबुटी उत्पादन, जिवजन्तुको आश्रय स्थल र वातावरणीय सिंगो प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । लेखको यसै महत्वका कारण महोत्सवको नाम लेख महोसत्व राखिएको पनि अध्यक्ष राउतले बताइन् ।
बढ्दो जलवायु परिवर्तनका असरहरुलाई सम्बोधन गर्न लेखहरुको संरक्षण र वातावरणमैत्री विकाश गरिनु पर्ने आयोजकको भनाइ छ । ग्रीन इकोनोमी र ग्रीन रोजगारी सृजना मार्फत लेखहरु समुदायका लागि उत्पादन, उद्यमशिलता, रोजगारी प्रवद्र्घन रसिंगो जिविकोपार्जनका लागि महत्पूर्ण भूमिका रहन सक्ने पनि आयोजकको भनाइ छ ।
महोत्सव वैशाख २० गते शनिबारका दिन पाल्पाका नेपाने, रैनादेवी छहरा र जुठापौवामा हुने पनि आयोजकले जानकारी दिएको छ ।