काठमाडौँ । विश्वकै पहिलो स्थानको प्रदूषित शहरमा काठमाडौँ परेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको यूएस आईक्यू एअरका अनुसार काठमाडौँको वायु प्रदूषण १ सय ९३ मापन गरिएको छ ।
विश्वको दोस्रो प्रदूषित शहरमा थाइल्याण्डको सियाङ माइ परेको छ भने चीनको वुहान तेस्रो स्थानमा छ ।
बंगलादेशको ढाका, कंगोको किनशास, भारतको कोलकाता क्रमश स्थानमा रहेका छन् ।
शून्य देखि ५० सम्मको मापनलाई गुणस्तरीय मान्ने गरिएको छ ।
लामो समयसम्म पानी नपरेका कारण पनि काठमाडौँको वायु प्रदूषण उच्च हुन पुगेको हो ।