बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना स्वीकृत

जटिल समस्याका रूपमा रहेको मिचाहा प्रजातिलाई यस रणनीतिले नियन्त्रण गर्न र फैलावट हुन नदिने
१८ चैत २०८१ (४ हप्ता अघि)

काठमाडौँ । बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको पहलमा आइतबार राष्ट्रिय मिचाहा प्रजातिको रणनीति तथा कार्यान्वयन २०८१ योजना आइतबार मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको हो । 

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरी विगत १२ देखि १५ वर्षदेखि स्वीकृत प्रक्रियामा रहेको र स्वीकृत हुन नसकेको केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले बताए । अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्य सरोकारवाला निकायको राय सुझाव समावेश गरी तयार गरिएको हो ।

जटिल समस्याका रूपमा रहेको मिचाहा प्रजातिलाई यस रणनीतिले नियन्त्रण गर्न र फैलावट हुन नदिने महानिर्देशक केसीले बताए । नेपालमा बाहिरबाट आए यस्ता मिचाहा प्रजातिले स्थानीय जातलाई विस्थापित भई आफू स्थापित हुने गरेको छ । 

रोकथाम र तयारीपन बाहय मिचाहा प्रजातिको प्रवेश तथा विस्तार हुने मार्ग र माध्य पहिचान गरि यस लाई देश भित्र र नयाँ स्थानहरुमा प्रवेश हुन बाट रोक्ने भएको छ । मिचाहा प्रजातिको रोकथाम नियन्त्रण गरि रैथाने प्रजाति तथा पारिस्थितिकिय प्रणालीको संरक्षण गर्न नसेकोमा रैथाने प्रजातिहरु लोप हुने खतरा बढदै जाने देखिएको छ । नेपालको तराइ चुरे मदेश हुदै मध्य पहाडी क्षेत्रमा बाह्य मिचाहा बाक्लो उपस्थिति र फैलावट बढदै गइरहेको देखिएको छ । विश्व ब्यापी जलवायु परिर्वतनका कारणले गर्दा बाह्य मिचाहा प्रजाति अझै बढी फैलिने आकलन गरिएको छ ।

बाह्य मिचाहा प्रजातिको फैलावट आर्थिक तथा वातावरण क्षेतिको प्रमुख कारण बन्दै गएको पाइएको छ । मिचाहा जाति फैलावटले वन क्षेत्र कृषि सिमसार तथा चरिचरनकोृ हैसियतमा ह्रास आइ यसमा आश्रित समुदायको जिविकोपार्जनमा पनि नकरात्मक प्रभाव पार्ने देखिएको छ । एक अध्ययनअनुसार नेपालबाहिरबाट १ सय ७० प्रजातिका वनस्पति भित्रिएका छन् । तीमध्ये २५ भन्दा बढी मिचाहा प्रकृतिका हुन् ती मध्ये ६ वटालाई उच्च जोखिम गर्ने मिचाहा प्रजाति मानिएको छ । लहरे वनमारा (माइकेनिया म्याकारान्था / माइल्स अ मिनेट), तीतेपाती झार (पार्थेनियम), कालो वनमारा, सेतो वनमारा, जलकुम्भी र वनकाँडा लगायत मिचाहा प्रजातिको उच्च जोखिम देखिएको छ ।

अन्तिम अध्यावधिक: १८ चैत २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस