चुरे वनजंगल संरक्षण अभियानको राष्ट्रिय सम्मेलन चैतको ९ गत्ते

२६ फागुन २०८१ (४ महिना अघि)

जनकपुर । चुरे वनजंगल संरक्षण अभियानको राष्ट्रिय सम्मेलन चैत ९ गत्ते जनकपुरधाममा हुने भएको छ ।

चुरे वनजंगल संरक्षण तथा भूमिहीनहरुको अधिकारको माग गर्दै विगत सात वर्षदेखि संघर्ष गर्दै आएका चुरे वनजंगल संरक्षण अभियानले पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

पानी दिवसको अवसरमा चैत ९ गते विहान ११ जनकपुरधाममा सम्मेलन सुरु हुने अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले जानकारी दिए । अभियानको सम्मेलन जनकपुरधामको अग्नीकुण्डस्थित मैथिली विकास कोषको नवनिर्मित भवनमा हुने जनाइएको छ ।

राष्ट्रिय सम्मेलनमा मुलुकभरिका अभियानीहरुको जमघट हुने र सम्मेलनको भोलिपल्ट अभियानलाई अझ सशक्तरुपमा लग्ने उद्देश्यका साथ पदाधिकारी चयन एवम अभियानको अग्रिम कार्यदिशा पनि चयन गरिने यादवले जानकारी दिए ।

वि.सं २०७४ चैत १२ गते स्थापना भई मधेश प्रदेशको राजधानी जनकपुरधाम केन्द्रित आन्दोलन गर्दै आएको अभियानले अहिलेसम्म पटक पटक गरी १२ सय किलोमिटर भन्दा बढि पदयात्रा गरिसकेको छ ।

त्यस्तै, काठमाडाैँको माइतीघरमा आन्दोलन देखि लिएर आमरण अनसनसम्म बसेर अभियानले चुर वन जंगल संरक्षण तथा भूमिहीनहरुको अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको छ ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस