जलवायु परिवर्तनको प्रभाव : आँप र लिचिमा लाग्न थाल्यो मोजर

१९ फागुन २०८१ (४ महिना अघि)

रौतहट । मधेस प्रदेशका आठ जिल्ला आँप र लिचिको लागि पकेट क्षेत्र मानिन्छ । विशेष गरि रौतहटमा आँप र लिचिको व्यवसायिक खेती हुने गर्दछ ।

तर फाल्गुनको पहिलो सातादेखि नै आँप र लिचिमा मोजर/मजुर (फूल) लाग्न थालेका छन् । जलवायु परिवर्तनको प्रभावले मौसम आगावै आँप र लिचिमा लाग्न थालेको हो ।

चैतको मध्यसम्म टिकोरा (आँपको सुरूवाति अवस्था) चिचिला देखापर्ने गर्दछ । अहिले आँप र लिचीमा लागेको फूलले कृषक खुसी भएका छन् भने उत्पादन बढ्ने अपेक्षा गरिएको छ । तर वेमौसमी मोजर देखिदा रोग/कीराको सम्भावना रहेको किसानहरु बताउछन् । आँप लिचीमा राम्ररी मञ्जरी लागेपछि मधुवा नामको किराको संक्रमण हुने कृषक शम्भु यादवले बताए । यसका लागि होली सकिएपछि रोग र किराबाट जोगाउन औषधि छिर्ने तयारी थालिएको उनको भनाइ छ । 

उनले भने, ‘फूल त गज्जबै फुलेको छ अब संरक्षण गरेर पर्याप्त आम्दानी लिने विश्वास पलाएको छ ।’ आफूले  १० कठ्ठामा आँपको बोट लगाएको र यस बर्ष राम्रो आम्दानी हुने विश्वास गरिएको उनको भनाइ छ । रासायनिक विषादिले स्वास्थ्यको लागि हानि गर्ने हुँदा सम्भव भएसम्म आयुर्वेदिक औषधि छर्नुपर्ने सुझाव उपभोक्ताको छ ।  कृषि ज्ञान केन्द्र गौरका अनुसार आँप र लिचि मोजर हेर्दा उत्पादन बढने अपेक्षा गरिएको छ ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस