हिमपातका कारण बन्द सडक अझै खुलेन

१८ फागुन २०८१ (४ महिना अघि)

दानबहादुर बुढा, मुगु । १६ गते शुक्रबार रातीबाट परेको अबिरल बर्षासँगै परेको हिमपातले नाग्म–गमगढी सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।

जुम्लाको भुलभुलेदेखि मुगुको सतमोडसम्म सडक अवरुद्ध हुँदा यात्रु बिच बाटोमा अलपत्र परेका हुन् । बाक्लो हिउँ जमेकोले भुलभुले नजिक सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ । हिउँले सडक बन्द भएपछि राराताल घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरू अलपत्र परेका हुन् ।

मालसामाना, खाद्यान्न, निर्माण सामग्री र यात्रु बोकेका १५ वटा गाडी दुई दिनदेखि बीचमै रोकिएको यात्रु शिवचन्द्र कार्कीले बताए ।

हिमपातले बन्द सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग सहकार्य गरि जेसिभीले हिउँ पन्छाउने काम भइरहेको छ ।

सडकभरी हिउँ परेको छ भने रुख ढलेर थप समस्या आएको छ । सकभर आज बेलुकीसम्म हिउँपातले बन्द सडक खुलाउने तयारी भएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस