जलवायु परिवर्तनले अष्ट्रेलियाको इतिहासकै दोस्रो तातो बन्यो पछिल्लो गर्मी मौसम

१७ फागुन २०८१ (४ महिना अघि)

जलवायु परिवर्तनका कारण अष्ट्रेलियाको पछिल्लो गर्मीको मौसम (२०२४-२५) इतिहासकै दोस्रो तातो मौसम बनेको छ । सन् २०१८ को गर्मी मौसमको तापक्रम हालसम्मको उच्च तापक्रम मापन भएको थियो ।

यसरी तापक्रम बढ्नुको कारण जलवायु परिवर्तनबाहेक अरु हुन नसक्ने मेलर्वन विश्वविद्यालयका जलवायु वैज्ञानिक डा. लिन्डन एशक्राफ्टले बताइन् । जीवाश्म इन्धन जलाउन नरोकिए यो अवस्था अझ विकराल हुँदै जाने पनि उनले चेतावनी दिइन् ।

मौसा विज्ञान ब्युरोको तथ्यांक अनुसार देशभरि नै गर्मी व्यापक रुपमा फैलिएको थियो । पछिल्ले गर्मी मौसम सबैभन्दा तातो दिनको तापक्रमको तुलनामा दोस्रो स्थानमा सहयो भने रातको तापक्रमको तुलनामा चौथो तातो मौसम बनेको थियो ।

सहज रुपमै महसुस गर्न सकिने अवस्था आएकाले अब अष्ट्रेलियामा जलवायु परिवर्तनको थप प्रमाणको अवश्यक नरहेको पनि डा. एशक्राफ्टको भनाइ छ ।

अष्ट्रेलियाको अधिकांस स्थानमा सामान्य वर्ष हुने पूर्वानुमान गरिए पनि उत्तर, पूर्व र मध्य क्विनसल्याण्डमा वर्षा नहुने बताइएको छ । देशभर दिन र रातको दुबै समयमा असाधारण रुपमा उच्च तापक्रम हुने सम्भावना बढेको छ ।

अन्तिम अध्यावधिक: १७ फागुन २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस