बेलायतमा जलवायु संकटका क्षतिका कारण बीमा कम्पनीले गरे १ खर्ब भुक्तानी

२८ माघ २०८१ (४ महिना अघि)

गत वर्ष जलवायु संकटका कारण बेलायतमा भएका क्षतिका लागि बीमा कम्पनीहरुले १ खर्ब १ अर्ब रुपैया बराबरको रकम भुक्तानी गरेका छन् । यो रकम बेलायतको इतिहासमा सबै भन्दा बढी हो ।

ब्रिटिश बीमा संघ (एबीआइ) ले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष हावाहुरी, बाढी र जमेका पाइपका कारण घरहरुमा भएको क्षतिको दाबीले सन् २०२३ को भुक्तानी रकममा २२ अर्ब रुपैयाले वृद्धि भएको हो ।

बीमा कम्पनीहरुले निरन्तरको खराब मौसमलाई बीमा भुक्तानी रकम बढ्नुको कारण ठहर गरेका छन् । बीमा कम्पनीहरुले सम्भव भएसम्म जलवायु जोखिमयुक्त क्षेत्रहरुमा घर निर्माण नगर्न सुझावसमेत दिएका छन् ।
 
द गार्जियन

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस