आजको मौसम : मौसम सफा रहने

२५ माघ २०८१ (५ महिना अघि)

काठमाडौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरि पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ, भने अन्य क्षेत्रहरूमा मौसम सफा रहने छ ।

आज दिउँसो तराईका केही स्थानमा हल्का हुस्सु लागेको पनि जानकारी दिइएको छ । आज राति, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा केही बदली हुने देखिए तापनि अधिकांश क्षेत्रमा फेरि मौसम सफा रहनेछ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आज मौसम सफा रहने अनुमान गरिएको छ  । महाशाखाले तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा असर पर्नसक्ने चेतावनी दिइएको छ ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस