पश्चिमी वायूको सामान्य प्रभाव, अधिकांस स्थानमा मौसम सफा

२१ माघ २०८१ (५ महिना अघि)

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको अवस्था छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशको पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस