अष्ट्रेलियाको उत्तरी क्विन्सल्याण्डमा भीषण वर्षाका कारण आएको बाढीका कारण एक महिलाको मृत्यु भएको छ । बाढीका कारण हजारौँ मानिसहरु घर छाड्न बाध्य भएको बीबीसीले जनाएको छ ।
पानीको सतह दोस्रो तहसम्म पुग्ने सक्ने हुँदा अधिकारीहरुले बाढीका कारण ज्यान अझ जोखिममा पर्न सक्ने बताएकाछन् ।
पछिल्लो २४ घण्टामा उत्तरी क्विन्सल्याण्डका केही भू भागमा ७ सय मिलिमिटर भन्दा बढी पानी परेको छ । वर्षा सोमबारसम्म जारी हुने प्रक्षेपण गरिएकाले अझ चिन्ताको विषय भएको क्विन्सल्याण्डका मुख्यमन्त्री डेभिड क्रिसाफुलीले बताएका छन् । धेरै लामो समय पश्चात यस किसिमको बाढीको सामना गर्नु परेको पनि मुख्यमन्त्री क्रिसाफुलीले जनाएका छन् । वर्ष मात्र समस्या नभएको भन्दै निरन्तरको मुसलधारे वर्षाले समस्या निम्त्याएको उनले बताए ।
यस क्षेत्रको बाढी पछिल्लो ६० वर्षयताकै क्षतीयोग्य रहेको जलवायु विज्ञहरुको भनाइ छ ।
टाउन्सभिलका हजारौँ वासिन्दालाई आइतबार मध्यान्हसम्ममा आफ्नो घर छाड्न आग्रह गर्दै बाढीको पानी रोक्नका निम्ति हजारौँ वालुवाका झोलाले बाँध बाँध्ने कार्य पनि गरिएको अधिकारीहरुले जनाएका छन् ।
बाढीले अधिकांस स्थानहरु डुवानमा परेका कारण उद्दार कार्यमा कठिनाइ भइरहेको छ ।