अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। जैविक इन्धनका कारण दक्षिण क्यलिफोर्नियामा दन्किरहेको आगोसंगै आएको राष्ट्रपति ट्रम्पको यस कदमलाई महत्वका साथ हेरिएको छ।
यससँगै संयुक्त राज्य अमेरिका दोस्रो पटक पेरिस जलवायु सम्झौताबाट बाहिरिएको छ।
आफ्नो उद्घाटन भाषणमा ट्रम्पले 'राष्ट्रिय ऊर्जा आपतकाल' घोषणा गर्ने बताएका छन् । यद्यपि अमेरिकाले अहिलेसम्मकै सबैभन्दा धेरै तेल उत्पादन गरिरहेको छ। ट्रम्पले ऊर्जा उत्पादन र प्रयोगमा पुनरावलोकन गर्ने, जसमा इन्धनबाहेकका खनिजको खानी र प्रशोधन गर्ने पनि समावेश छ।
उनले वायु ऊर्जा उत्पादनका लागि जमिन र पानीको भाडामा लगाउन रोक्ने, र बाइडेन प्रशासनको विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिने कार्यलाई उल्टाउने योजना पनि बनाएका छन्।
ट्रम्पले ऊर्जा मूल्यलाई जीवनयापनको लागतसँग जोडिएको मुख्य विषय मानेका छन् र नियमन घटाउँदा ऊर्जा मूल्य घट्ने र मुद्रास्फीति रोक्न सहयोग हुने तर्क गरेका छन्।
“मुद्रास्फीति संकट अत्यधिक खर्च र बढ्दो ऊर्जा मूल्यका कारण आएको हो,” ट्रम्पले उद्घाटन सम्बोधनमा भने। “त्यसैले म आज राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गर्नेछु। हामी ड्रिल गर्नेछौं, धेरै पेट्रोलियम पदार्थको उत्खनन गर्नेछौं।”
वैज्ञानिकहरूले यसै महिनाको सुरुतिर पहिलोपटक १.५ डिग्री सेल्सियसको ग्लोबल वार्मिङको सीमा नाघेको घोषणा गरेका थिए – जुन एक महत्त्वपूर्ण मापदण्ड हो। सन् २०१५ मा विश्व नेताहरूले पेरिस सम्झौतामा हस्ताक्षर गर्दा यो लक्ष्य तय गरेका थिए।
सातदोबाटो, ललितपुर, बागमती प्रदेश