काठमाडौँ । वन्यजन्तु तथा पन्छीका फोटो कैद गर्ने चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीया शेर्पाको आइतबार राति १२ः१५ को समयमा ग्राण्डि अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिए ।
एक सातादेखि उपचारका लागि अस्पतालमा रहेका शेर्पा कलेजोसम्बन्धी समस्याले असहज भएका थिए । उनको भेन्टिलेटरमा राखेर उचार गरिएको थियो ।
पर्यावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका शेर्पा पर्यटन व्यवसायीसमेत थिए । उनका दुई छोरा र तीन छोरी छन् ।
उनले कैद गरेका वन्यजन्तुका तस्वीर नेपालमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमै पनि चर्चा बटुलेका छन् ।