कसको लागि जलवायु सहयोग? हरित अर्थतन्त्रमा रुपान्तरण भइरहेकाहरूको हिस्सा केवल ३ प्रतिशत

१९ कात्तिक २०८२ (४ दिन अघि)

काठमाडौँ । एक्सनएडद्वारा सार्वजनिक एक नयाँ रिपोर्टले कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले गरिएको अन्तर्राष्ट्रिय जलवायु सहयोगको केवल ३ प्रतिशत भन्दा कम हिस्सा मात्र प्रदूषित उद्योगबाट हरित रोजगारी र अर्थतन्त्रमा स्थानान्तरण हुने कामदार र समुदायहरूतर्फ जाने देखाएको छ ।

यस रिपोर्ट संयुक्त राष्ट्र–समर्थित दुई प्रमुख बहुपक्षीय जलवायु कोषमा स्वीकृत परियोजनाहरूको सार्वजनिक जानकारीको विश्लेषणमा आधारित रहेर ग्रीन क्लाइमेट फन्डमा स्वीकृत १ सय ७८ वटा र क्लाइमेट इन्भेष्टमेण्ट फण्डमा स्वीकृत ४ सय ६६ वटा परियोजनाहरू समावेश छन् ।

रिपोर्ट अनुसार, “न्यायपूर्ण संक्रमण” को मापदण्ड पुरा गर्ने परियोजना केवल ५० मा एक मात्र भेटिएका थिए । यो एकदमै कम दर हो । 

“लगभग कुनै जलवायु वित्त सहायताले कामदार र समुदायहरूलाई न्यायपूर्ण संक्रमण गराउन जानिरहेको छैन जुन एकदमै हास्यास्पद छ ।’ अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् । 

रिपोर्टले कामदार, महिलाहरू तथा प्रभावित समुदायका सहभागीता, जीविकोपार्जन पुनस्र्थपनाको योजना, र प्रणालीगत रूपले जीवाश्म ईन्धन तथा प्रदूषणशिल कृषि हटाउने पहल जस्ता मापदण्डहरूमाथि मूल्याङ्कन गरेको हो ।

एक उदाहरणमा, बाङ्लादेशको एउटा कार्यक्रममा धानको साटो आँपको खेती प्रवर्धन गरिएको थियो । तर तत्कालीन योजनामा यी परिवर्तनले महिलाहरूले गर्ने मजदुरी र सिजनल कामदारहरूको पक्ष विचार गरिएको थिएन । परिणामस्वरूप, आँपले वर्षमा एकपल्ट मात्र उपज दिन्थ्यो र यो आर्थिक रुपमा कमजोर साबित हुनपुग्यो ।

रिपोर्टले आगामी कोप ३० को समयमा “न्यायपूर्ण संक्रमण कार्यक्रम” को विस्तृत कार्ययोजना तयार गर्नु आवश्यक हुने, जसले न्यायलाई जलवायु एजेन्डाको केन्द्रमा ल्याउन मद्दत गर्नेछ भन्ने सुझाव दिएको छ ।

यसका साथै, रिपोर्टले विशेष गरी प्रदूषित क्षेत्रहरूमार्फत संक्रमण सहज र समान बनाउने हेतुले धनी राष्ट्रहरूलाई दक्षिणी विश्वका देशहरूको लागि अनुदानमा आधारित ट्रिलियन डलरको जलवायु वित्तको प्रतिबद्धता गर्न आग्रह गरेको छ ।

 

अन्तिम अध्यावधिक: १९ कात्तिक २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस