काठमाडौँ । गएराति देशका पहाडी तथा तराईका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मधेश प्रदेशको सर्लाहीमा सबैभन्दा बढी वर्षा भएको छ । यसैगरी बारामा पनि ठूलो पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्की, सिन्धुपाल्चोक, लमजुङ, रौतहट, वर्दिया, भोजपुरमा पनि मध्यम वर्षा भएको छ ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।