‘सगरमाथा संवाद’ को पहिलो संस्करण सुभारम्भ

२ जेठ २०८२ (११ घण्टा अघि)

काठमाडौं । “जलवायु परिवर्तन, हिमाल र मानव भविष्य” विषयमा केन्द्रित ‘सगरमाथा संवाद’ को पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु भएको छ। संवादको उद्घाटन कार्यक्रममा वातावरण तथा मौसम विज्ञानका विज्ञ, नीति निर्माता, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

तीन दिने यस संवाद कार्यक्रममा जलवायु परिवर्तनका असर, हिमाली क्षेत्रको संवेदनशीलता, स्वदेश तथा अन्तर्राष्ट्रिय रणनीति र पहाडी समुदायको सशक्तिकरणबारे विविध सत्रहरू सञ्चालन गरिनेछ । संवादले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमका विरुद्ध साझा कार्यदिशा तय गर्ने लक्ष्य लिएको छ।

संवादमा नेपालका साथै विभिन्न राष्ट्रका सहभागीहरूले आ-आफ्नो अनुभव र अध्ययन प्रस्तुत गर्ने कार्यक्रम छ। नेपालले हिमनदी संरक्षणका लागि ‘पृथ्वीको तापक्रम १.५ डिग्रीभन्दा कम’ हुनुपर्ने लक्ष्यको आवश्यकतामाथि छलफल गर्नेछ। 

संवादमा नेपालले जलवायु परिवर्तनका कारण भोगेको असर प्रमाणसहित प्रस्तुत गर्ने तयारी गरेकाे छ।

‘सगरमाथा संवाद’ले विज्ञान, नीति र व्यवहारबीचको अन्तरसम्बन्धलाई प्रवर्द्धन गर्दै दीगो भविष्य निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

सगरमाथा संवादको उद्घाटन सत्रमा
म्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत
उद्घाटन मन्तव्य
जेठ २०, काठमाण्डौ

 

माननीय मन्त्रीज्यूहरू,
विशिष्ट अतिथिज्यूहरू,
महामहिमज्यूहरू,
प्रतिनिधिहरू, महिला तथा सज्जनबृन्द,

शुभप्रभात तथा नमस्ते!

सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु
 
मेरा निम्ति गहिरो सम्मान हार्दिक अबसर दुवै हो।

नेपालको विश्वसँगको यो संवादपहलकदमी
गहन विचार विमर्शको लागि प्लेटफर्म,
सिद्धान्तनिष्ठ सहभागिताको लागि अवसर,
, हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने साझा प्रयास हो

आज, 'लोकल ग्लोबल' छुट्याउने सीमाहरू लगभग हराइसकेका छन्।

संसारको कुनै एक कुनामा घटेको घटना, तत्कालै सबैतिर फैलिन्छ
एउटा भूभागमा सल्किएको डँढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ।
टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र विथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ, फाँटहरू सुख्खा बाँझो बन्न पुग्छन्।

केही थोरैले गरेको निर्णयले धेरैको भाग्य बदल्न सक्छ।

यही गहिरो अन्तरनिर्भर यथार्थभित्र
इमानदार संवादको लागि स्थान,
आपसी ज्ञान साटासाट गर्न,
सामूहिक कदम चाल्न,

सगरमाथा संवादको जन्म भएको हो।

हामीले यसलाई सगरमाथाको नाममा समर्पण गरेका छौंसगरमाथा, पृथ्वीको सर्वोच्च शिखर!
आशा गर्छौंयो संवाद हाम्रो संवादत्यत्तिकै उच्च बनोस्।

उच्च नैतिक स्पष्टतामा,
दृढ बौद्धिक साहसमा,
सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा

महिला तथा सज्जनबृन्द,

आज हाम्रो विश्व अग्ला, बहुपक्षीय चुनौतीका पहाड सामु खडा छ।
चुनौतीहरू विशाल छन् तीव्र रूपमा नजिकिंदै छन्।

महामारीपछिको पुनःस्थापना अझै नाजुक छ।
जलवायु सङ्कट झन् तीव्र बन्दैछ।
संसारका थुप्रै ठाउँहरूमा शान्ति सौहार्दता झनै टाढिँदै गएको अनुभूति हुन्छ।
वैश्विक शासनप्रणालीप्रति विश्वास क्रमशः घट्दै गएको छ।

असमानतादेशभित्र देशहरुका बीचमा—  गहिरिँदो छ।
एक समय पथप्रदर्शक बनेको बहुपक्षीयता, अहिले डरलाग्दो अन्यौलको आँधीमा रूमलिएको छ।

अझै
यस्तो अन्यौलका बीच हामी, सरल तर शक्तिशाली विश्वासमा अडिग छौंः
संवादको शक्ति

महिला तथा सज्जनबृन्द,

नेपाल भूगोलको टुक्रा मात्रै होइन
यो पवित्र भूमि होजहाँ प्रत्येक चट्टान झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ।
यहीँ, चेतना जागृत भएको थियो।

यो बुद्धको भूमि हो
यसै माटोबाट एउटा यस्तो प्रकाश उदायोजसले मानवतालाई शान्ति, करुणा, समन्वयको बाटो देखायो।

यो त्यही भूमि होजहाँ सन्तहरूले ध्यान गरे।
साधकहरुले सत्य फेला पारे।
जहाँ ऋषिहरुले मानव आत्मालाई अझै पनि प्रेरित गर्ने ज्ञानको अमूल्य भण्डार सारा संसारलाई अर्पण गरे।

नेपाल सदाखोजकर्ताहरूको थलो रहँदै आएको छ।
विजेताहरूको होइनचिन्तकहरूको,
युद्धको होइनसंवादको

हाम्रो परम्परा, आदरपूर्वकआत्मबोध गर्ने सँस्कृतिमा अडेको छ।
सच्चा मनले बोल्नेमा,
सँगसँगैसत्य खोज्नेमा

सगरमाथा संवाद त्यही भावनामा जन्मिएको हो।
हाम्रो प्राचीन परम्पराको एउटा सौम्य पुनरागमन

यस्तो 'स्पेश' जहाँ प्रज्ञा नतमस्तक हुन्छविनम्रताका साथ
जहाँ विविध स्वरहरू एकसाथ गुञ्जिन्छन्श्रद्धाका साथ
जहाँ जवाफ खोजिन्छन्अहम् बाट होइनहअनुभूतिका साथ

हामीलाई एउटा प्राचीन सत्यले सम्झाउँछः

"वादे वादे जायते तत्त्वबोधः"
अर्थात् संवादबाटै सत्य

चर्को विभाजनको घडीमा पनि
मौनताले काम गर्छ, कर्कस आवाजले।
सत्य संवादले काम गर्छ।
सुन्ने/ गुन्ने क्षमतालेअन्तर्मनको वचनले

सगरमाथा संवाद
यस पवित्र परम्परालाई जीवन्त राख्ने हाम्रो विनम्र प्रयास हो

हाम्रो पहिलो थेमले, हाम्रो मनको कुरा भन्छ:
"जलवायु परिवर्तन, हिमालहरू, मानवताको भविष्य "

हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन
यो हाम्रो दैनिक यथार्थ हो,
तर, केवल हाम्रो मात्र होइन
विश्वकै साझा चिन्ताको विषय हो।

के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ?
के हाम्रो भविष्य हाम्रा यी प्राचीन 'संरक्षक'हरूका संरक्षणबिना बचाउन सकिन्छ?

हिमालहरू टाढाका लाग्न सक्छन्
तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ।
आर्कटिकदेखि एन्डीजसम्म,आल्प्सदेखि हिमालयसम्म
तिनीहरू पृथ्वीका जल-भण्डार हुन्
तिनीहरू हाम्रो जलवायुका धुकधुकी हुन्।

, तिनीहरू अहिले भयङ्कर संकटमा छन्।
तिनीहरूको नाजुकताहाम्रो साझा असुरक्षित अवस्था हो।

संसारकै सर्वोच्च शिखर, सगरमाथाको काखबाट,
हामी स्पष्ट दृढताका साथसन्देश दिन्छौं:

  • हिमाल जोगाउनु भनेको<
    अन्तिम अध्यावधिक: २ जेठ २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस