आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

२७ जेठ २०८२ (२ हप्ता अघि)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुका साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

जसका कारण अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा मौसम बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अन्तिम अध्यावधिक: २७ जेठ २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस