काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो

काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
२०८२ कार्तिक १७, सोमबार (२ हप्ता अघि)

 

काठमाडौं । राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको चराको बथान देखिएको छ ।

नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार बागमतीमा हालसालै पानीको मात्रा बढेर सफा देखिएको कारण शनिबार साँझ करिब ४ बजे सो बथान त्यहाँ देखा परेको हो ।

कार्कीका अनुसार ती चराहरू कालो टाउके दंगा चिल हुन्, जुन सामान्यतया काठमाडौं उपत्यकामा पाइँदैनन् ।

यी चरा समुद्र र ठूलो पानी भएको क्षेत्रका हुन् । सम्भवतः चीनतिरबाट बसाइँसराई गर्दै न्यानो स्थान खोज्दै आएका हुन्, उनले भने ।

शनिबार बागमती किनारमा करिब ४० वटा दंगा चिल देखिए पनि आज बिहानसम्म संख्या घटेर ११ वटा मात्र बाँकी रहेको कार्कीले जानकारी दिए । मौसम अनुकूल भएसँगै ती चिलहरू अन्य स्थानतर्फ उड्ने अपेक्षा गरिएको छ ।

कार्कीले भने, ‘यी चराहरू यहाँ लामो समय बस्दैनन् । काठमाडौं पहिलेको जस्तो सफा छैन, प्रदूषण र फोहरका कारण यिनीहरू रमाउँदैनन् । प्रायः एक–दुई दिनमै उडेर जान्छन् ।’

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस