नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध
२०८२ भाद्र १, आईतबार (३ महिना अघि)

काठमाडौं । सुक्खा पहिरोको कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ ।

आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेको कारण मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको  हो ।

पहिरोमा परेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाले जानकारी दिए ।

उनको अनुसार मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६–००३ प ३८१६ नं. को स्कुटरमा माथिबाट खसेको  ढुङ्गाले लाग्दा कुटरमा सवार चितवन रत्ननगर न.पा.३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् ।

अहिले जेसिभीको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस