आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना

  • जलवायु
  • / मौसम
आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना
२०८२ अषाढ १०, मंगलबार (५ महिना अघि)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जसका कारण हाल देशभरको मौसम आंशिकदेखि साधारण बदली रहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो भने देशभर मौसम साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भाग लगायत अन्य भू–भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस