आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

  • जलवायु
  • / मौसम
आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना
२०८१ चैत्र १२, मंगलबार (८ महिना अघि)

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिक बदली देखि मौसम सफा रहेको छ ।

आज दिउँसो भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने भने कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

यसको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती भने देशभर आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।  कोशी प्रदेशको पहाडी भू–भागको केही स्थानमा मेघगर्जन हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस