मौसम पूर्वानुमान : देशका अधिकांश भागमा मौसम सफा रहने

  • जलवायु
  • / मौसम
मौसम पूर्वानुमान : देशका अधिकांश भागमा मौसम सफा रहने
२०८१ फागुन २२, बिहिबार (८ महिना अघि)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले केही भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम  सफा रहनेछ ।

यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस