४० वर्षमा अड्कियो विश्वकै ठूलो हिमशिला

४० वर्षमा अड्कियो विश्वकै ठूलो हिमशिला
२०८१ फागुन २१, बुधबार (८ महिना अघि)

विश्वकै सबैभन्दा ठूलो हिमशिला अन्टार्टिक टापुबाट करिव ७० किलो मिटर बगेर जमिनमा अड्किएको छ । १ ट्रिलियन वजन भएको हिमशिला ४० वर्ष देखि जर्जियाको टापुतर्फ बगिरहेको थियो । यसले महत्वपूर्ण वन्यजन्तुको आश्रयस्थललाई क्षति हुनबाट जोगाएको एक अनुसन्धान संस्थाले जनाएको छ ।

हिमशिला निरन्तर बगिरहदा टापुसँग ठोक्किन सक्ने वा कम गहिराइको स्थानमा अड्किन सक्ने डर पैदा गरेको थियो । जसका कारण पेन्गुइन र सिलहरुको आश्रयस्थलमा क्षति पुग्न सक्थ्यो । दक्षिण जर्जिया टापु वन्यजन्तुको प्रजननस्थल भएकाले पेन्गुइन र सिलहरुलाई विशाल बरफको अवरोध पार गर्नु पर्ने हुन्थ्यो, जसका कारण आफ्ना बच्चाहरुलाई खाना पुर्याउन कठिन हुन जान्थ्यो ।

तर यो हिमशिला स्थायी रुपमा अडिएको हो वा होइन भन्ने बारे एकिन् भइ नसकेको ब्रिटिश अन्टार्टिक सर्वेक्षणका समुद्र वैज्ञानिक एन्ड्रयू मिजर्सले बताए । सर्वेक्षणको एक वक्तव्य अनुसार १ मार्च देखि यस हिमशिला टापुबाट ७३ किलोमिटर टाढा अड्किएको छ । हिमशिला जमिनमा अडिएर बस्यो भने वन्यजन्तुमा असर नगर्ने पनि वैज्ञानिक मिजर्सले बताए । विगत केही दशकहरुमा दक्षिणी महासागरबाट यात्रा गर्ने अधिकांस हिमशिलाहरु फुटेर टुक्रा पर्ने पनि उनले बताए । हिमशिला जमिनमा पग्लिदा उत्पन्न हुने पोषक तत्वहरुले सम्पूर्ण पारिस्थितिक प्रणलीलाई फाइदा पुर्याउन सक्ने पनि मिजर्सको भनाइ छ ।

विश्वकै सबैभन्दा ठूलो र पुरानो हिमशिला १९८६ मा अन्टार्टिकाबाट छुटिएको थियो । समुद्री धारहरुले यसलाई घुमाइरहदा यसको गति सुस्त बनेको थियो ।

 

जलवायु परिवर्तनको चपेटामा अन्टनर्टिकाका हिमशिलाहरु

दक्षिण जर्जियामा कुनै पनि स्थायी मानव बसोबास छैन । यस टापु बेलायतको अधीनमा रहेको क्षेत्र हो । जलवायु परिवर्तनका कारण सन् २००० यता अन्टार्टिकाका हिमशिलाहरुले ६ हजार अर्ब टन बरफ गुमाइसकेको पनि वैज्ञानिक मिजर्सले बताए ।

वैज्ञानिकहरुले पृथ्वीको औसत तापमान १.५ देखि २ डिग्री सेल्सियस वृद्घि भएमा समुद्रको सतह करिव १२ मिटरले उठ्न सक्ने चेतावनी दिएका थिए । इतिसाहकै सबैभन्दा गर्मी वर्ष रुपमा कायम भएको गत वर्ष पहिलोपटक १.५ डिग्री सेल्सियसको तापमान सीमा पार गरेको थियो ।

 

द गार्जियन

 

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस