सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई ५ देखि १५ हजार रुपैयाँसम्म जरिवाना

सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई ५ देखि १५ हजार रुपैयाँसम्म जरिवाना
२०८१ फागुन १७, शनिबार (८ महिना अघि)

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गराउने भएको छ । 

महानगरको वातावरण विभागकाअनुसार महानगर क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक ठाउँमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म कारबाही गर्ने भएको हो ।

महानगरको वातावरण विभागका प्रमुख सरिता राईकाअनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रूपमा जथाभावी फोहोर फाल्नेलाई प्रतिबन्ध गरिएको हो ।

महानगरको आग्रहलाई बेवास्ता गरी सार्वजनिक ठाउँमा फोहर फालेको अनुगमन टोलीले भेटे काठमाडाैँ महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन अनुसार कारबाही गर्ने पनि स्पष्ट पारेको छ ।

यसैबीच काठमाडाैँ महानगरले फोहर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनका लागि ३२ वटै वडामा छ वटा क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ । अहिले वडा नम्बर ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस