जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री शाही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री शाही
२०८१ फागुन ६, मंगलबार (९ महिना अघि)

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले नेपालको दिगो वन व्यवस्थापन र जलवायु परिवर्तन न्यूनिकरणप्रति सधैँ दृढ प्रतिबद्धता रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरुमार्फत जलवायु परिवर्तन न्यूनिकरणमा निरन्तर समर्पित रहेको बताए ।

उनले भने, ‘नेपालको दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तन न्यूनिकरणप्रति दृढ प्रतिबद्धता रहेको कुरा यहाँ राख्न चाहान्छु । नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरु मार्फत जलवायु परिवर्तन न्यूनिकरणमा निरन्तर समर्पित रहेको छ । हामी अन्य साझेदारहरुको प्राविधिक ज्ञान, वित्तिय सहयोग तथा क्षमता विकासका कार्यमा सहयोग पुर्याउनु भएकोमा धन्यवाद भन्न चाहन्छु ।’

यसको साथै, उनले आजको यो संवाद सहकार्यलाई अझ बलियो बनाउने भन्दै असल अभ्यासहरुमा र सामूहिक रुपमा चुनौतीहरुको समाधान खोज्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए । 

वातावरण संरक्षण नियमावली र नयाँ रणनीतिको अन्तिम चरणमा काम भइरहेको पनि उनले जानकारी गराएका छन् ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस