आजको मौसम : हिमाली भागमा हिमपातको सम्भावना

  • जलवायु
  • / मौसम
आजको मौसम : हिमाली भागमा  हिमपातको सम्भावना
२०८१ माघ २६, शनिबार (९ महिना अघि)

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसममा आज आंशिक मौसम बदली हुने सम्भावना रहेको जनाएको छ । 

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेपनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकाको साथै अन्य प्रदेशको मौसम शनिबार सफा रहनेछ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस