चितुवाको छाला बरामद

चितुवाको छाला बरामद
२०८१ माघ १५, मंगलबार (९ महिना अघि)

रुकुमपश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२ मा चितुवाको भुँवासहितको छाला बरामद भएको छ। डिभिजन वन कार्यालय रुकुम पश्चिमको टोलीले वडाको पहाडा भन्ने स्थानबाट चितुवाको भुवाँसहितको छाला (वन्यजन्तु अखेटोपहार) बरामद गरेको हो।

डिभिजन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार वन्यजन्तुको छाला लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा डिभिजन वन कार्यालयबाट सोमबार र मंगलबार गएको १३ जनाको टोलीले उक्त छाला बराबर गरेको हो। 

कार्यालय प्रमुख परियारका अनुसार वन्यजन्तुको छाला लुकाएर राख्ने कार्यमा संलग्न व्यक्ति घटनास्थलबाट भागेको तर निजको पहिचान खुलिसकेको बताए । निजलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले उल्लेख गरे। घटनास्थल जिल्ला सदरमुकाम खलंगाबाट चार घण्टा यातायातका साधन र थप दुई घण्टा पैदल दुरीमा पर्दछ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस