काठमाडौँमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो

  • जलवायु
  • / मौसम
काठमाडौँमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो
२०८१ माघ १४, सोमबार (९ महिना अघि)

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ।

महाशाखाले दिएको जानकारी अनुसार आइतबारको तुलनामा सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको हो।

हिजो आइतबार यो तापक्रम ७.८ डिग्री सेल्सियस थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८ः४५ बजे पुनः मापन हुने छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस