प्रकृति–मानव केन्द्रित जन अभियान नेपालको बन्यो, नयाँ कार्यसमिति : पोखरा घोषणापत्र जारी

प्रकृति–मानव केन्द्रित जन अभियान नेपालको बन्यो, नयाँ कार्यसमिति : पोखरा घोषणापत्र जारी
२०८१ पौष २१, आईतबार (१० महिना अघि)

पोखरा । प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाल को पोखरामा शनिबार सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनले बिन्दुकुमार सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । ९१ सदस्यीय नव निर्वाचित कार्यसमितिमा १४ जना पदाधिकारीहरू रहेका छन् ।

उक्त नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा राजन के.सी, उपाध्यक्षहरूमा भुवनेश्वर मण्डल, नरबहादुर भण्डारी, मायाँ के.सी., शिवराज आचार्य, टेकराज पौडेल, आमोश चौधरी तथा महासचिवमा घनश्याम सुवेदी, सचिवहरूमा डा. माया गिरी, भिमादेवी खनाल,पूर्ण बहादुर के.सी.र कोषाध्यक्षः श्री डोलराज अर्याल रहेका छन् ।

उक्त सम्मेलनले वातावरनीय प्रभाव सम्बन्धमा विभिन्न खालका दीर्घकालीन रणनीति निर्माण गरिएका नवनिर्वाचित केन्द्रिय सदस्य ज्ञानु आचार्यले जानकारी दिइन् ।

सम्मेलनले वातावरणीय संकट, जलवायु परिवर्तन, र मानवीय चुनौतीहरूको समाधानका लागि पोखरा घोषणापत्र २०८१ जारी गर्ने निर्णय गरेको छ । घोषणापत्रले वातावरणीय संरक्षण, दिगो विकास, र मानव–प्रकृति सहअस्तित्वका लागि मार्गनिर्देशन गर्ने अपेक्षा रहेको अभियानले जनाएको छ ।

उक्त सम्मेलनमा देशभरिका दुईसय भन्दा बढी प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियोे ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस