काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस

  • जलवायु
  • / मौसम
काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस
२०८१ पौष २०, शनिबार (१० महिना अघि)

काठमाडौं । काठमाडौंमा चिसो बढेको छ । शनिबार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि शुक्रबार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो । गत शुक्रबारयता काठमाडौंको न्यूनतम तापक्रम हल्का बढिरहेको छ । त्यसदिन ४ डिग्री सेल्सियस मापन भएको थियो ।

आज काठमाडौंको अधिकतम तापक्रम भने केही बढेर १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।

 

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस