यस्तो छ, आजको मौसम

  • जलवायु
  • / मौसम
यस्तो छ, आजको मौसम
२०८१ पौष १६, मंगलबार (१० महिना अघि)

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मध्य तथा पश्चिम तराईका केही स्थानहरूमा हुस्सु लागेको छ र बाँकी भागमा मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ ।

राती पनि देशैभरीको मौसम सफा रहने सम्भावना रहेको छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस