बर्दियामा हात्ती उपचार शिविर

बर्दियामा हात्ती उपचार शिविर
२०८२ कार्तिक १९, बुधबार (२ हप्ता अघि)

बर्दिया बर्दियामा हात्ती उपचार शिविर सञ्चालन गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेका घरपालुवा हात्तीको उपचारका लागि शिविरको आयोजना गरिएको हो

हरेक बर्ष गरिने शिविरमा बर्दिया राष्ट्रिय निकुञ्जका १३ ओटा राष्ट्रिय प्रकृति संरक्षण कोषको एक गरि १४ हात्तीलाई उपचार गरिदै उपचारका लागि अमेरिकाका केएसिफका १० जना विदेशी चिकित्सक, नेपाली चिकित्सक प्राविधिक टोलीहरू खटिएका छन्

शिविरमा हात्तीको नङ् काट्ने, खोप लगाउने, रगतको नमुना संकलन गरि विभिन्न रोगहरू पत्ता लगाउने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटेनरी डाक्टर किरण रिजालले बताए 

केएसिफको सहयोग   राष्ट्रिय प्रकृति संरक्षणकोषको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो हात्तीको तौल धेरै हुने खुट्टामा बढि लोड हुने भएकोले खुट्टाको बढि स्याहार गर्नु पर्ने भेटेनरी डाक्टर रिजालले बताएका छन्   दुई दिन सम्म चल्ने शिविरमा नङ् काट्ने, खोप लगाउने, रगत नमुना संकलन गर्ने कार्य भईरहेको हात्तीको शरिरमा कुनै घाउ चोटपटक भएमा त्यसको उपचार समेत गरिने उनको  भनाइ रहेको

त्यस्तै शिविर दुई दिन सम्म चल्ने बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख सरोजमणी पौडेलले बताएका छन्   उनले घरपालुवा हात्तीको नङ छिटो बढ्ने हुनाले त्यसको स्याहार गर्नुपर्ने बताए उनले् हरेक महिनामा हात्तीको नङ काट्ने गरिएको बताउँदै शिविरमा हात्तीको विशेष उपचार गरिने बताए

बर्दियामा विगत् बर्ष देखि हरेक बर्ष शिविर सञ्चालन गर्दै आएको उपचार पाईरहेको हुनाले अहिले हात्तीको खुट्टा हात्तीको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरूले बताएका छन्

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस