अधिकांश जिल्लामा वर्षा रोकियो, ललितपुरको खुमलटारमा सबैभन्दा बढी वर्षा

अधिकांश जिल्लामा वर्षा रोकियो, ललितपुरको खुमलटारमा सबैभन्दा बढी वर्षा
२०८२ आश्विन १९, आईतबार (१ महिना अघि)

काठमाडौं । शुक्रबारदेखिको अविरल बर्षा आइतबार विहान कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले धेरैजसो जिल्लामा ठुलो पानी पर्न रोकिएको छ।

गएको एक घण्टा (१०ः३० भन्दा अगाडि)मा सबैभन्दा बढी ललितपुरको खुमलटारमा ३.६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

तर काठमाडौं, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, सिन्धुली र रामेछाप जिल्लाका कुनै कुनै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस