ठोरीमा मृत भेटिएको दुर्लभ पाटे बाघ आपसी लडाइँमा मरेको हुनसक्ने अनुमान

ठोरीमा मृत भेटिएको दुर्लभ पाटे बाघ आपसी लडाइँमा मरेको हुनसक्ने अनुमान
२०८२ श्रावण २५, आईतबार (३ महिना अघि)

रौतहट   पर्साको ठोरीमा  एक दुर्लभ पाटे बाघ मृत अवस्थामा फेला परेको ठोरी गाउँपालिका विजयवस्ती नजिकैको गोपीवस्तीमा आइतबार बिहान मृत पाटे बाघ फेला परेको हो

बाघको घाँटीमा अर्को बाघले टोकेको जस्तो चोटपटक देखिएको निर्मल मध्यवर्ती समितिका अध्यक्ष चिन बहादुर श्रेष्ठले बताए

दुई बाघको आपसी लडाइँमा एउटा मरेको हुन सक्ने उनले अनुमान गरे खेततर्फ जाँदै गरेका स्थानीय किसानहरूले बाटोमा बाघ सुतेको जस्तो देखेपछि सुरुमा जिउँदो हो कि भनेर त्रसित हुँदै भागेका थिए

उक्त स्थान पर्सा राष्ट्रिय निकुञ्जभन्दा भारतको वाल्मीकि टाइगर रिजर्भ नजिकै पर्ने भएकाले मृत बाघ सोही जङ्गल क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिएको

घटनाबारे थप अनुसन्धान गर्न पर्सा राष्ट्रिय निकुञ्ज सम्बन्धित निकायहरूलाई खबर गरिएको

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस