जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव

जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव
२०८२ श्रावण २५, आईतबार (३ महिना अघि)

बारा खानेपानी मन्त्री प्रदीप यादवले तराईमधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् 

आइतबार बारास्थित परवानिपुर प्रसौनि गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराईमधेस सहितका जिल्लामा खानेपानीको निकै समस्या उत्पन्न भएको बताए 

उनले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताएका हुन्

मन्त्री यादवले हाल जडान गरिएका जडान सम्पन्न हुने तयारीमा रहेका डिप बोरिङको पानीले खानेपानीको समस्याबाट प्रभावित नागरिकले तिर्खा मेटाउन सहज हुने केही हद सम्म समस्या समाधान हुने विश्वास आफूले लिएको दाबी गरे

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस