विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा विपद्को पूर्व तयारीबारे छलफल

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा विपद्को पूर्व तयारीबारे छलफल
२०८२ बैशाख २१, आईतबार (६ महिना अघि)

काठमाडौं ।  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा  विपद्को पूर्व तयारी के कस्तो छ भन्ने विषयमा छलफल भएको छ ।

आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन ठूलो आउने पूर्व जानकारी अनुसार नै पूर्व तयारीलाई कसरी दू्रत गतिमा अगाडि बढाउने भन्ने कुरामा छलफल भएको राष्ट्रिय विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले बताए ।

उनले भने, ‘आज मुलभूतः विषय मनसुन छिट्टै आउँछ भन्ने विषयमा केन्द्रित भयो । यो वर्षको मनसुन अरु वर्ष भन्दा अझ अलि ठूलो आउने पूर्व जानकारी छ । यो सहित हामी अलि अगाडिदेखी पूर्व तयारी गर्दै थियौं । त्यो पूर्व तयारी के कस्तो छ ? पूर्व तयारीलाई कसरी दू्रत गतिमा अगाडि बढाउने यही कुरामा प्रदेश सरकार, स्थानिय सरकार, संघीय सरकारका अरु निकायसम्म कसरी पुर्याउने र यो वर्ष कसरी प्रतिकार्य गर्ने भन्ने सम्बन्धि नै विशेष छलफ भयो आज ।’

साथै उनले यो वर्ष विपद्को कसरी प्रतिकार्य गर्ने भन्ने सम्बन्धि समेत विशेष छलफल भएको बताए ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस