नेपालमा बाढीको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी नीतिपत्र हस्तान्त्रण

नेपालमा बाढीको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी नीतिपत्र हस्तान्त्रण
२०८२ पौष १९, शनिबार (१ महिना अघि)

जनकपुर । नेपालमा बाढिको आउनु अघिको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी तयार गरिएको नीतिपत्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

शुक्रबार जनकपुरधाममा आयोजित समर्पण कार्यक्रममा उक्त नीतिपत्र मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई हस्तान्तरण गरिएको छ ।

अमेरिकन सोसाइटी अफ नेपलीज इन्जिनियर्स (एएसएनइएनजीआर) अमेरिकाद्वारा तयार गरिएको उक्त नीतिपत्रमा नेपालको तराईसहित हिमाल र पहाडी भेगमा आउने बाढीको मुख्य कारण, बाढी बाट बच्न अपनाउनु पर्ने सावधानी, बाढी आईसकेपछि गर्नु पर्ने कार्यहरु र बाढी समाप्त भइसकेपछि गर्नु पर्ने कुराहरुलाई विस्र्तत रुपमा समावेश गरिएको एएसएनइएनजीआर अमेरिकाका सञ्चालक समितिमध्येका उपेन्द्र लाल कर्णले जानकारी दिए ।

उनले उक्त नीतिपत्रमा विज्ञहरुको टोलीले नेपालका तराई मात्र नभएर हिमाली र पहाडी भेगमा अकस्मात आउने बाढी (हिमताल फुटेर, भूस्खलन) बाट बच्ने उपायहरु बारे प्रष्ट पारिएको जानकारी दिए ।

उनले उक्त नीतिपत्रमा समावेश गरिएका बुंदाहरुले सरकारलाई बाढीको जोखिमबाट बच्न नीति निर्माणमा सहयोग पुग्ने बताए । उनले उक्त नीतिपत्र राष्ट्रपतिलाई पनि बुझाइसकेको र आज मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरेको जानकारी दिए ।

नीतिपत्र बुझ्दै प्रदेश प्रमुख डा. लाभले उक्त नीतिपत्रको आधारमा मधेश प्रदेश सरकारले विपद्व्यवस्थापन सम्बन्धी नीति निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे ।

अन्तिम अध्यावधिक: January 3, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस