वायु प्रदूषण : फेरि पहिलो स्थानमा काठमाडौं उपत्यका, रवि भवन क्षेत्रमा उच्च

वायु प्रदूषण : फेरि पहिलो स्थानमा काठमाडौं उपत्यका, रवि भवन क्षेत्रमा उच्च
२०८१ चैत्र २०, बुधबार (७ महिना अघि)

काठमाडौं । काठमाडौं उपत्यका फेरि पनि विश्वमै सबैभन्दा वायु प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ।

आज बिहान ७ः२५ बजे गरिएको मापन अनुसार, काठमाडौंको वायु प्रदूषण ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) मा २९२ अंकसहित विश्वकै पहिलो स्थानमा रहेको छ। हिजो पनि काठमाडौं यही स्थानमा रहेको थियो। अहिले चीनको हानोइ सहर दोस्रो स्थानमा छ।

काठमाडौंको विभिन्न क्षेत्रमा प्रदूषणको स्थिति गम्भीर देखिएको छ। रवि भवन ७ सय ६६ इन्डेक्ससहित सबैभन्दा प्रदूषित स्थानमा रहेको छ । त्यसै गरी बोहोराटार ५ सय २०  ताथली २ सय ९३ इन्डेक्स सहित क्रमश दोस्रो र तेस्रो वायु प्रदूषित स्थान रहेका छन् ।

विशेषज्ञहरूका अनुसार, काठमाडौं उपत्यकामा लामो समयदेखि पानी नपरेका कारण वायुमण्डलमा धुलो थुप्रिएको छ। साथै, उपत्यका वरपरका जंगलमा लागेको डढेलोबाट उत्पन्न धुँवाले पनि प्रदूषणलाई थप बढाएको छ।

स्थानीय बासिन्दाले वायु प्रदूषण बढेसँगै आँखा पोल्ने, घाँटी खसखस गर्ने र श्वास फेर्न गाह्रो हुने समस्याहरू बढेको अनुभव गरिरहेका छन्। वातावरणविद्हरूले वायु प्रदूषण कम गर्न तुरुन्त उपाय अपनाउनुपर्ने चेतावनी दिएका छन्।

 

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस