राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी जलवायु एजेन्सीमा कार्यरत सयौँ निष्कासित

राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी जलवायु एजेन्सीमा कार्यरत सयौँ निष्कासित
२०८१ फागुन १६, शुक्रबार (८ महिना अघि)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले वाणिज्य विभाग अन्तर्गत रहेको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) का सयौँ कर्मचारी निष्कासित गरेको छ । एनओएए अमेरिकाको प्रमुख जलवायु अनुसन्धान एजेन्सी हो ।

वाणिज्य विभागले बिहिबार दिउँसो कर्मचारीहरुलाई इमेल पठाउँदै उनीहरुको जागिर समाप्त भएको जानकारी गराएको थियो । विभागमा नयाँ नियुक्ति र बढुवा भएर परिक्षणकालमा रहेका कर्मचारीहरुलाई उक्त इमेल गरिएको हो ।

यस किसिमका अन्धाधुन्ध गरिएका कटौती निर्दयी र विचारविहिन रहेको कर्मचारीहरुले बताएका छन् । यसको प्रभाव देशभर नै पर्ने पनि उनीहरुको भनाइ छ ।

निष्कासन गरिएकामध्ये कतिपय कर्मचारीहरु शेड्युल ए मार्फत नियुक्त गरिएका थिए । यस प्रकृया भूतपूर्व सैनिक तथा अपाङ्गता भएका व्यक्ति जस्ता विविध पृष्ठभूमिका उम्मेदवारलाई अवसर दिन प्रयोग गरिन्छ । शेड्युल ए अन्तर्गत नियुक्त भएका कर्मचारीहरुको परिक्षणकालको अवधि दुई वर्षको हुन्छ, जसमा उनीहरुलाई कुनै कारणबिना नै हटाउन सकिने प्रवधान रहेको हुन्छ ।

मेरिल्याण्डका सिनेटर क्रिस भ्यान होलेनले वाणिज्य विभागभित्र गरिएको यस निष्कासन प्रकृया अवैध भएको भन्दै वाणिज्य सचिव हावर्ड लुटनिकलाई पत्र लेखेका छन् । सोही दिन जलवायु संस्था यूनियन अफ साइन्सटिस्टले पनि कर्मचारी बचाउन आग्रह गर्दै २५ सय भन्दा बढी वैज्ञानिकहरुले हस्ताक्षर गरेको पत्र सचिव लुटनिकलाई बुझाएको थियो ।

ट्रम्प प्रशासनले भने यी निष्कासनका बारेमा कुनै प्रतिकृया दिएको छैन ।  
 

द गार्जियन

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस